Categories समाचार

स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन मतदाता नै सक्रिय

Advertisement

वीरगञ्ज । स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन भन्दै मतदाताले नै थालेको घरदैलो अभियान आज पनि जारी छ ।
पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वारी सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त घरदैलो अभियान चलाइरहेका हुन् ।

अभियानको दोस्रो दिन आज वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ को बजार छपकैयाँका मतदाताले उम्मेद्वार सिंहलाई घरघरमा स्वागत गर्दै विजयी बनाउन कुनै कसर बाँकी नछाड्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

यस अघि जितेर गएकाहरु व्यक्तिगत स्वार्थमा मात्रै लागेको र यस क्षेत्रका लागि उपलब्धिमूलक काम गर्न नसकेको भन्दै अब स्वतन्त्र उम्मेद्वार सिंहलाई नै विजयी बनाउन आफूहरु खटिएको मतदाताहरुले बताएका थिए ।

Advertisement

स्वतन्त्र उम्मेद्वार सिंहले जनभावना र मतदाताकै सल्लाह बमोजिम आफू अघि बढ्ने भन्दै मतदाताको सुझाव अनुसार नै काम गर्ने विश्वास दिलाए ।

शिक्षा, स्वास्थ्यमा बढी जोड दिएको भन्दै सिंहले यस क्षेत्रका मतदाताको आवाज सदनसम्म पुर्याउन र त्यही बमोजिम योजना बनाउन आफू लागि पर्ने पनि बताए । घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *