Categories समाचार

दलहरुको दाउ, विभिन्न पद देखाएर मत तान्ने

काठमाडौं । ‘ओनसरी घर्तीलाई यहाँ (काठमाडौं) २ बाट निर्वाचित गराउनुस् । उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि बनाएर तपाईंहरूको अगाडि पठाउनेछौं,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं (२ का पार्टी उम्मेदवारको पक्षमा मत माग्दै दिएको अभिव्यक्ति हो यो।

मतदातालाई प्रभावित पार्न र पार्टी उम्मेदवारलाई मंसिर ४ को निर्वाचनमा जिताउन पद, प्रतिष्ठा र विकासको आश्वासन दिने दाहाल एक्ला नेता होइनन् ।

Advertisement

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका नेताले आआफ्नो हैसियतअनुसार विकास निर्माणदेखि पद र प्रतिष्ठाको आश्वासन विगतमा जस्तै यस पटक पनि दिन सुरु गरेका छन् ।

Advertisement

उम्मेदवार र नेताहरूको हैसियतअनुसार उनीहरूले मत प्रभावित पार्न विभिन्न आश्वासनर पदमा पुग्ने बताउन थालेका हुन् ।

यो समाचार नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *