Categories खेलकुद समाचार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशका करण र सन्नीलाई रजत

पर्सा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशबाट बाराका करण यादव र सन्नी आजामले रजत पदक जितेका छन् । प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको ७५ किलोग्राम तौलसमूहमा आजाम र ७० किलोग्राम तौलसमूहमा यादवले रजत पदक प्राप्त गरेका हुन् ।

वीरगंजस्थित पब्लिक फिट्नेस सेन्टरका संचालक समेत रहेका यादवले यसअघि धर्मश्री बडी बिल्डिङ प्रतियोगिता लगायत शारीरिक सुगठनसम्बन्धीत विभिन्न राष्ट्रस्तरको प्रतियोगितामा विभिन्न पदकहरु जितेका छन् । उनले सन् २०१६ मा मिस्टर वीरगंजको उपाधी समेत जितेका थिए ।

Advertisement

त्यसैगरी आजाम ग्यालेक्सी फिटनेस सेन्टर परवानीपुरका सञ्चालक हुन र उनी धर्मश्रीमा टप छैठौं भएका थिए ।

Advertisement

यादव र आजामले उक्त प्रतियोगिताका लागि महिनौदेखि अभ्यास गर्दै आएको बताए । यादवले पर्साबासीको माया र साथ पाएकै कारण आफूले विजयी हासिल गरेको भन्दै यो सफलता सम्पूर्ण पर्साबासीको भएको बताए ।

जितेर आएका यादवलाई उनका समर्थकहरुले बाजागाजा सहित स्वागत गर्नुका साथै वीरगंज नगरपरिक्रमा गराएका थिए ।

प्रतियोगितामा मधेश प्रदेशबाट यावद र आजामको सफलताले पर्सा र बाराबासी गौरभान्वीत भएको भन्दै प्रसंशा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *