Categories समाचार स्वास्थ्य

महानगरका ८ वटा स्वास्थ्य चौकीलाई कार्यालय सम्बन्धि सामाग्री हस्तान्तरण

Advertisement

वीरगन्ज । खानेपानी तथा ढल निकास विभागले वीरगन्ज महानगरपालिकालाइ स्वास्थ्य कार्यालय सम्बन्धि प्रयोग हुने सामानहरु सहयोग पठाएको छ ।

विभागले पहिलो चरणमा पठाएकाे ९ सेट सामानहरु आवश्यक रहेको वीरगन्ज महानगरपालिकाका विभिन्न ८ वटा वडा कार्यालयको स्वास्थ्यचौकीहरूलाइ महानगरका प्रमुख राजेशमान सिंहले हस्तान्तरण गरेको स्वास्थ्य शाखा प्रमुख रितेश जैसवालले बताए ।

Advertisement

स्वास्थ्य चौकीलाइ सामाग्री हस्तान्तरण गर्दै प्रमुख सिंहले उचित व्यवस्थापन गरि सेवाग्राहीलाई सेवा प्रदान गर्न समेत निर्देशन दिएका हुन ।

Advertisement

स्वास्थ्य पहल मार्फत कोभिड १९ को नियन्त्रण माध्यमिक र साना शहर परियोजना अन्तर्गत महानगरको ८ वटा स्वास्थ्य चौकीमा कार्यालयमा प्रयोग हुने विभिन्न सामाग्रीहरु प्रदान गरिएको हो ।

वडा नम्बर १४,१५,१८,१९,२०,२१,२८,३० मा प्रति स्वास्थ्य डेस्क लकयोग्य डेस्क, वाटर बॉयलरको साथ स्ट्यान्ड फ्यान, घुम्ने कुर्सी, आगन्तुक कुर्सी, एकल सिटर सोफा, स्टील क्याबिनेट सहित कार्यालयमा प्रयोग हुने अन्य समानहरु रहेको महानगरका स्वास्थ्य शाखा प्रमुख जैसवालले बताए ।

हस्तान्तरण कार्यक्रममा प्रमुख सिंह, उप-प्रमुख इम्तयाज आलम, सम्बन्धित वडाका वडा अध्यक्ष र स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *