Categories समाचार समाज

सामाजिक, आर्थिक र राजनीतिक चेतनाको उभार ल्याउन सदैव तत्पर रहने छौं : अध्यक्ष देवकोटा

Advertisement

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफ.एम १०३.८ मेगाहर्ज आजबाट १६ बर्ष पूरा गरी १७ औं प्रवेश गरेको छ । एफ.एम.को १७ औं बार्षिकोत्सव अवसरमा एफ.एम.का कार्यकारी निर्देशक गोविन्द देवकोटाले सम्पूर्ण श्रोता, विज्ञापनदाता शुभेच्छुकहरुमा नरायणी एफ.एम. परिवारको तर्फबाट  शुभकामना व्यक्त गर्नुुभएको छ ।

एफ.एमको बार्षिकोत्सवको अवसरमा आज ठोरीको वृद्धवृद्धा असहाय समाज आश्रममा खाद्यान्न वितरण गरिने नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभयो । नारायणी एफ.एम.ले समाज रुपान्तरणका लागि सशक्तिकरण र जागरणको माध्यमबाट समाजका विभिन्न समस्याहरुको समाधान सम्बन्धित निकायसम्म पुर्‍याएर गर्दै आईरहेको देवकोटोले बताउनुभयो ।

Advertisement

बारा पर्सा औद्योगिक क्षेत्रको मजदुर र उद्योग व्यावस्थापनबीचको द्वन्द्व समाधान, समाजमा कुरितीको रुपमा रहेको बोक्सी प्रथा उन्मुलनमा जनचेतना कार्यक्रम, राज्यको कानूनले अवैध ठहर गरेको लागूऔषध गाँजाखेती नियन्त्रण लगायतका विभिन्न सामाजिक सरोकारका विषयहरुमा सशक्त रुपमा आवाज उठाएर सहयोग पुर्‍याएको कार्यकारी अध्यक्ष देवकोटोले बताउनुभयो ।

Advertisement

अझै धेरै सामाजिक, आर्थिक र राजनीतिक चेतनाको उभार ल्याउनका लागि नारायणी एफ.एम. सदैव तत्पर रहनेपनि उहाँले बताउनुभयो । यसबर्षदेखि नारायणी एफ.एम. सहित रेसखबर डटकम अनलाई पत्रिका सहित परिष्कृत ढंगबाट मल्टिमिडियामा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सशक्तिकरणका लागि अनुसन्धान, चेतना र सञ्चार (रेस नेपाल) द्वारा सञ्चालित नारायणी एफ.एम. २०६३ साल भदौ ८ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट इजाजत प्राप्त गरी २०६३ कार्तिक ४ गतेबाट परिक्षण प्रसारण शुरु गरेको थियो । २०६३ साल मंसिर १ गतेबाट नियमित प्रसारण शुरु गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *