Categories समाचार

मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने ।

Advertisement

काठमाडौँ। आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ।

सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ।

Advertisement

यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता हुनुपर्ने कुराले निकै चर्चा पाएको थियो।

Advertisement

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृसंस्था मेटा र निर्वाचन आयोगले बिहीबार सञ्चारकर्मीलाई लक्षित गरेर संयुक्त रूपमा आयोजना गरिएको भर्चुअल तालिम ‘सेफ्टी ट्रेनिङ फर जर्नालिस्ट’मा मेटाका प्रतिनिधिले निर्वाचनपछि पनि मेटाले नेपालका सामग्रीलाई अनुगमन गर्ने र फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई अझै व्यवस्थित गर्ने जनाएका छन्।

मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजले फेसबुकमा रहेका सामग्रीलाई सत्यतथ्य, सभ्य, द्वेषरहित र पठनीय बनाउन आफूहरू लागिपरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “हाम्रो टोलीले नेपालको निर्वाचनलाई नजिकबाट हेरिरहेको छ। मेटाअन्तर्गत सञ्चालित फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सेयर हुने सामग्रीलाई अझै गुणस्तरीय र पठनीय बनाउन हामी यहाँ आएका हौँ।”

उहाँले पत्रकारले विशेष गरी फेसबुक चलाउँदा ध्यान दिनुपर्ने, असामाजिक र मिथ्या सूचना रोक्न पहल गर्नुपर्ने बताउनुभयो।

“कसैले आचारसंहिताविपरीत फेसबुकबाट निर्वाचनसम्बन्धी प्रचारप्रसार ग‍-यो भने जोसुकैले रिपोर्ट गर्न सक्छन्। कुनै पनि गलत कुरा रिपोर्ट गरेपछि के हो भनेर हाम्रो आर्टिफिसियल इन्टेलिजेन्सले पहिचान गर्छ। त्यसपछि पनि चित्त नबुझेमा हाम्रो टिमले सो कुराको गहन रूपमा अध्ययन गरेर थप प्रक्रिया अघि बढाउँछ,” उहाँले भन्नुभयो।

कार्यक्रममा मेटाका प्रतिनिधिले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न पत्रकार, नागरिक समाज, राजनीतिक दल र सबै सरोकारवाला पक्षसँग आग्रह गरेका छन्।

उनीहरूले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा देखिने नकारात्मक सामग्रीको स्क्रिन सट गरेर वा पोस्ट, कमेन्ट वा सेयर गरेका सामग्री रिपोर्ट (उजुरी) गर्न आग्रह गरेका छन्।

याे खबर आजको खोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *