Categories राजनीति समाचार

उम्मेदवार सर्राफद्वारा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता

Advertisement

वीरगंज । प्रदेशसभा पर्सा क्षेत्र नं. १ काे २ का उम्मेदवार ओमप्रकाश सर्राफले मतदाता भेटघाट कार्यक्रमलाई निरन्तारता दिएका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले शुक्रबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर-२ छपकैयामा भेटघाट गरेका हुन् ।

भेटघाटकाे क्रममा मतदातामा आफु प्रतिदेखिकाे उत्साह र समर्थनले आत्मबल बढेकाे उम्मेदवार सर्राफले बताए । यस पालिकाे निर्वाचनमा यस क्षेत्रकाे मतदाता आफुलाई जिताएर इतिहास रच्न आतुर रहेकाे सर्राफकाे भनाई छ ।

Advertisement

लाैराे चुनाव चिन्ह रहेकाे उम्मेदवार सर्राफ मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका प्रतिस्पर्धी हुन् । मुख्यमन्त्री राउतले वीरगंजबाट निर्वाचित भएर वीरगंजलाई धोका दिएकाे र वीरगंजकाे लागि केही नगरेका कारण यस पालिकाे निर्वाचनमा मतदाता आफुलाई मतदान गर्नेमा उम्मेदवार सर्राफ विश्वस्त छन् ।

Advertisement

समाजिक अभियान्ता समेत रहेका उम्मेदवार सर्राफले परिर्वतन र रास्ट्र निर्माणको अभियानमा सहयाेग गर्न लौरो छापमा मतदान गर्न आग्रह समेत गरेका हुन् ।

उम्मेदवार सर्राफकाे मतदाता भेटघाट कार्यक्रममा वीरगंजदेखि दिल्ली सम्मका पैदल यात्री शैख मुन्ना, जगदीश सरार्फ, संजय पटेल , आकाश चौरसिया, शेख अरसद, सहनवाज लगायतकाे सहभागिता रहेकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *