Categories धर्म/संस्कृति समाचार

मेयर सिंहको निर्देशनमा छठ पर्वका लागि विभिन्न पोखरीको धमाधम सफाई  ।

रातोपानाकर्मी

वीरगन्ज । छठ पुजालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले अभियान नै चलाएर विभिन्न छठ घाट र पोखरीको सरसफाइमा जुटेको छ ।

Advertisement

हिन्दुहरुको महान र सबैभन्दा ठुलो आस्थाको पर्व र खासगरी वीरगन्जमा छठ पुजाको रौनक अरु ठाउँको भन्दा फरक रहेकोले बाहिर बाट पनि पर्यटक छठ हेर्न वीरगन्ज आउने गरेकोले यो हाम्रो साझा पर्वलाइ अझै सुन्दर बनाउन महानगरद्वारा सरसफाइ अभियान थालिएको प्रमुख राजेशमान सिंहले बताए ।

Advertisement

मेयर सिंहले पछिल्लो बुधबार दिएको निर्देशन अनुसार वीरगन्ज महानगर भित्रका विभिन्न छठ्घाटको सरसफाइ अभियान शुरु गरिएको र पहिलो दिन वडा नम्बर १६ स्थित माईधिया पोखरी, नगवाको सफाई गरिएको महानगरका सरसफाइ शाखा प्रमुख सरफुदिन अंसारीले बताए ।

तीन दिन निर्जल बसि गरिने महापर्व छठ पुजाको तैयारी धेरै अगाडि देखिनै गर्ने गरिन्छ । यस पर्वमा नदि, ताल, पोखरीको विशेष महत्त्व रहेको छ । महान पर्व छठको अवसरमा देशैभरिका नदी किनार र ताल तलैयाहरु रंगीचंगी बनाइने गरिन्छ ।  पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म तराई भएर बग्ने नदीका किनारहरु रंगीचंगी बनाइन्छ । राजधानीको रानीपोखरी र वाग्मती लगायतका नदीहरुमा पनि रौनक छाउने गर्छ ।

वडा नम्बर १५ लक्ष्णवाको पोखरी सफाइ हुदै

विभिन्न ठाउँमा रहेको छठ घाटको सरसफाइ स्थानीयवासी र मागँ अनुसार महानगरपालिकाको कर्मचारीले गर्दै आएकोमा यस पटक महानगरले आफै अभियान अगाडि बढाएको समेत महानगर प्रमुख सिंहले बताए ।

वडा नम्बर १२ मा पर्ने पोखरी सफाइ हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *