Categories समाचार

बिना भिसा नेपाल प्रवेश गरेका पोल्याण्डका नागरिक वीरगंजबाट पक्राउ

Advertisement

वीरगंज ।  बिना भिसा नेपाल प्रवेश गरेका एक पोल्याण्ड नागरिक वीरगंजबाट पक्राउ परेका छन । वीरगंनाका हुँदै साेमबार भारत तर्फ जादै गरेका पासपोर्ट नं. E55350625 भएकाे पोल्याण्ड नागरिक MICHAL JERZY FIGURSKI पक्राउ परेका हुन् ।

चेकजाँचकाे क्रममा मिति २०२२ ओक्टुबर ०८ मा भारतकाे  बनवासबाट आउट स्ट्याम्प लगाई बिना भिसा नेपाल प्रवेश गरेका पाेल्याण्ड नागरिक वीरगंजमा पक्राउ परेकाे अध्यागमन कार्यालय वीरगंजले जनाएकाे छ ।

Advertisement

उनी नेपालका विभिन्न ठाउँमा १४ दिन भ्रमण गरेर साेमबार वीरगंज नाका हुँदै भारत जाने क्रममा पक्राउ परेका हुन् । उनी सवार मोटर साइकल नं. HP34D 2315 चेकजाँच गर्दा विना भिसा गैर कानुनी तरिकाले प्रबेश गरेकाे फेला परेकाे थियाे ।

Advertisement

पक्राउ पाेल्याण्ड नागरिकलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडाैं पठाईएकाे अध्यागमन कार्यालयले वीरगंजका प्रमुख राज कुशवाहाले जानकारी दिए । कालिका टाइम्स दैनिक

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *