Categories समाचार

पर्सामा पटका पड्काए कारबाही हुने

Advertisement

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले दिपावली र छठ पर्ब सुरक्षित र मर्यादीत तवरले मनाउन आग्रह गरेको छ ।

आइतबार एक सार्वजनिक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले दिपावलीमा रमाइलोको नाममा कुनै पनि किसिमको पटका वा पटकाजन्य पदार्थ प्रयोग नगर्न आग्रह गर्दै यदि अटेर गरेमा कानूनी बमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जारी गरेको सुचनामा चाडपर्बमा रमाइलोका नाममा भुइचम्पा,रकेट ,पटका जस्ता विस्फोटक र ज्वलनशील सामग्रीको प्रयोगले आगलागी , शारिरिक दुर्घटना र धनजनको क्षति हुने भएकाले त्यस्ता सामग्रीको ओसार पसार , खरिद बिक्री र प्रयोग पूर्ण रुपमा रोक लगाइएको उल्लेख छ ।

Advertisement

यदि कोहि कतैबाट त्यस किसिमको गैर कानूनी क्रियाकलाप गरेको पाइएमा त्यसमा संलग्न व्याक्तिलाई प्रचलित कानून बमोजिम कडा कारबाही समेत गरिने चेतावनी स्थानीय प्रशासनले दिएको छ । यसका साथै तिहारमा देउँसी भैलो राति १० बजे सम्ममा मात्र खेल्न अनुमति स्थानीय प्रशासनले दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *