Categories राजनीति समाचार

कांग्रेसको कृयासिल सदस्य अन्सारी जसपामा प्रवेश

Advertisement

वीरगञ्ज । नेपाली कांग्रेसमा व्यक्तिवाद हावी भएको आरोप लगाउँदै  वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का कांग्रेसका प्रभावशाली नेता जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । 

कांग्रेसको प्रभावशाली एवं कृयासिल सदस्यसमेत रहेका कलामुद्धिन मियाँ अन्सारी सोमबार एक अनौपचारिक कार्यक्रमकाबीच जसपामा प्रवेश गरेका हुन् । 

Advertisement

अन्सारीलाई क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् जसपाका नेता सुरेन्द्र कुर्मी र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले फुलमाला लगाएर पार्टी प्रवेश गराएका छन् । 

Advertisement

पार्टी प्रवेश गर्दै अन्सारीले कांग्रेसमा सत्ता स्वार्थ र व्यक्तिवाद हाबी भएकाले पार्टी परित्याग गरेर जसपामा आएको प्रतिकृया दिए । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखमा आएर अंसारीको प्रवेशले जसपालाई फाइदा हुने देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *