वीरगन्ज । प्रहरीले वीरगन्जबाट ४ जना जुवाडेलाई ठूलो रकम सहित पक्राउ परेको छ ।दिपावलीका दिन सोमबार कौडा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ परेका हुन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर वडा नम्बर १७ अलौंमा सोमबार मध्यरातमा लाखौं रकमको हारजित हुने गरि कौडा खेल्दै गरेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा वीरगन्ज १७ कै २८ बर्षिय लक्ष्मी सहनी , ३० बर्षिय अनिल प्रसाद साह , ४० बर्षिय मुकेश गुप्ता र ३९ बर्षिय जाकिर मियाँ रहेका छन् । उनिहरुको साथबाट १ लाख १८ हजार १ सय ९० रुपैया पसन बरामद गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नतले जानकारी दिए ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको उनले बताए ।








