वीरगन्ज । चालू आर्थिक वर्ष २०७९/८० को २ महिनाको अवधिमा विदेशबाट १ लाख ८० हजार रुपैयाँको किरा आयात भएको छ ।
भन्सार विभागले दिएको जानकारीअनुसार चालू वर्षको साउन र भदौ महिनामा विदेशबाट उक्त मूल्यको किरा आयात भएको हो ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कमा कस्ता प्रकारका किरा आयात गरिएको भन्ने बारे भने खुलाइएको छैन ।
तर, ५० किलोग्राम बराबरको किरा आयात गर्दा सरकारलाई ४४ हजार रुपैयाँ बराबरको भन्सार राजश्व सङ्कलन भएको विभागले जनाएको छ ।
नेपालमा आयात भएका सबै किरा चीनबाट भित्रिएका छन् । चीनबाहेक अन्य मुलुकबाट किरा आयात नभएको विभागले जनाएको छ ।








