Categories समाचार

झोलुंगे पुल चुडिँदा ३० जनाको मृत्यु, ७० जना घाइते

Advertisement

काठमाडौं । भारतको गुजरातस्थित मोरबीको मञ्छु नदीमा रहेको झोलुंगे पुल चुडिँदा ३० जनाको मृत्यु भएको छ। ७० जना घाइते भएका छन्। 

त्यहाँ प्रहरी र उद्धारकर्मीले उद्धारको काम सुरु गरिसकेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आइतबार साँझ अचानक पुल चुडिएको थियो। उद्धार गरिएका घाइतेको अस्पतालमा भर्ना गरिएको छ। नदीमा फसेकालाई उद्धार गर्ने काम चलिरहेको छ। 

Advertisement

पुल पुरानो भएको र पाँच दिनअघि मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो। विगत ७ महिनादेखि पुलको पुनः मर्मतको काम भइरहेको थियो। पुलमा सेल्फी लिन पुगेकाहरू उक्त दुर्घटनामा परेका हुन्। स्थानीका अनुसार पुलमा धेरै मानिस जम्मा भएका थिए। केही मानिसहरू नदीमा हराइरहेको आशंका गरिएको छ।
 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *