Categories समाचार

निलम्बित कप्तान लामिछानेविरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । मुद्दामाथि मङ्गलबारदेखि थुनछेक बहस हुनेछ ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

Advertisement

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका गर्दै आफू निर्दोष रहेको आफूले बलात्कार नगरेको बयान दिएका छन् ।

Advertisement

लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले उनलाई गत असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *