Categories समाचार

चोरीको मोटरसाईकल सहित दुई युवक पर्सा प्रहरीको नियन्त्रणमा

Advertisement

वीरगन्ज । पर्सामा प्रहरीले चोरीको मोटरसाईकल सहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले पटेर्वासुगौली गाउँपालिका– ३ बस्ने १९ वर्षीय रामजनम मुखिया र वीरगन्ज महानगरपालिका– ३१ बस्ने २४ वर्षीय सुनिल दास थारुलाई पक्राउ गरेको हो ।

कात्तिक ७ गते चोरी भएको बागमती प्रदेश ०३–००३ प ३६७८ नम्बरको पल्सर मोटरसाईकल सहित दुवै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Advertisement

कात्तिक ७ गते अपरान्ह ४ बजे वीरगन्ज महानगरपालिका वडा नंबर १४ बस्ने प्रधुमन कुमार पटेलको उक्त मोटरसाईकल चोरी भएपछि उनले प्रहरीमा जाहेरी दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *