Categories राजनीति समाचार

स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउन टोलटोलमा प्रचारप्रसार समिति र घरघरमा प्रतिनिधि

Advertisement

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २(ख) मा स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको विकल्प नभएको अगुवाहरुले बताएका छन् ।

यस अघि निर्वाचितहरुले क्षेत्रको विकासमा कुनै पनि भूमिका निर्वाह नगरेको भन्दै अब दलीय उम्मेद्वार नभई स्वतन्त्र उम्मेद्वार सिंहको विकल्प नभएको उनीहरुको जोड थियो ।

Advertisement

११ वटै वडाका अगुवाहरुको सम्पन्न भेलाले स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन टोलटोलमा प्रचारप्रसार समिति र घरघरमा प्रतिनिधि पुग्ने गरी अघि बढ्ने निर्णय पनि गरेको छ ।

Advertisement

यस अघि जितेका दलका प्रतिनिधि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकाले अब दलीय उम्मेद्वार नभई स्वतन्त्र उम्मेद्वारलाई जिताउनु पर्नेमा उनीहरुले जोड दिए ।

उनीहरुले देशैभर स्वतन्त्र उम्मेद्वारको चर्चा रहेको र स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारले जितेका स्थानमा काम पनि राम्रो भइरहेको भन्दै अब आफ्नो प्रतिनिधि चुन्दा दलीय नभई स्वतन्त्र उम्मेद्वार चयन गर्ने प्रतिबद्धता पनि जनाए ।

हरेक वडाका अगुवाले आफ्नो वडामा स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा नै माहोल रहेकाले उनको विकल्प नरहेको बताएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *