Categories राजनीति समाचार

अन्य पार्टीमा आवद्ध रहेका कार्यकर्ता पनि यस पटक स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउन घरदैलो गर्दै

Advertisement

वीरगञ्ज । पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई वीरगञ्ज वडा नम्वर ३ का मतदाताले विजयको शुभकामना दिएका छन् ।

छपकैयाँको विभिन्न टोलमा घरदैलोमा पुगेका सिंहलाई मतदाताले आशिर्वाद दिँदै जित निश्चित भएको भन्दै अग्रिम शुभकामना दिएका हुन् ।

Advertisement

अन्य पार्टीमा आवद्ध रहे पनि यस पटक भने स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउनु पर्ने भन्दै मतदाताहरु एक जुट भएर घरदैलो गर्दै हिँडेका छन् ।

Advertisement

यस अघि जितेर गएका प्रतिनिधिले सपना मात्रै देखाएको भन्दै मतदाताहरुले अब कुनै पनि दल नहेरी स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्ने बताए ।

घरदैलोमा पुगेका सिंहलाई नेपाली कांग्रेस, एमाले, जसपा लगायत विभिन्न पार्टीमा आबद्ध रहेका नेता कार्यकर्ताले स्वागत गर्दै यस पटक पार्टीभन्दा माथी उठेर स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदान गर्ने बताए ।

घरदैलो अभियानमा अग्रज, महिला, बुद्धिजिवी, युवा लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *