Categories समाचार

‘मल’ नदिनेलाई कसरी ‘मत’ दिने ?

Advertisement

रौतहट । मल अभावमा यसपटक धानको उत्पादन कम भएपछि रौतहट गढीमाई–४ की सरितादेवी निराश छिन्। धान कम फलेकोमा भन्दा किन्दा पनि मल नपाएकाले उम्मेदवार देख्नेबित्तिकै उनी आक्रोशित हुन्छिन्। ‘तपाईंहरु पनि भोट माग्न आएको कि,’ हामीलाई देख्नेबित्तिकै उनले भनिन्, ‘मलाई त नेता देख्यो कि रिस उठ्छ ।’

पति वैदेशिक रोजगारीमा गएकाले सन्तानसहित खेतमा धान काट्दै गरेकी सरितादेवीले समयमा मल पाएको भए उत्पादन दोब्बर हुने सुनाइन्। ‘समयमा मल दिन नसक्नेहरू अहिले मत माग्दै आएका छन्,’ उनले भनिन्, ‘महँगो मल किन्न नसक्दा अहिले धान कम फलेको छ ।’ सामान्यतया प्रतिकट्ठा पाँच मन फल्ने गरेको खेतमा तीन मन पनि मुस्किलले पुग्ने उनले सुनाइन्।

Advertisement

उनको जस्तै आक्रोश छ, दुर्गाभगवती गाउँपालिकाका आत्माराम शाहको पनि। पाँच मन फल्ने खेतमा दुई मन मात्र धान फलेपछि उनी पनि आक्रोशित देखिए। ‘खेतीको समयमा हामीले मलका लागि सबैलाई आग्रह गर्‍यौं, कसैले चासो देखाएनन्,’ उनले भने, ‘अहिले चुनावको बेलामा चाहिँ खेतमै आएर भोट माग्दैछन् ।’ चाहिएको बेला मल दिन नसक्नेले अहिले आश्वासन दिएर झुक्याउँदै गरेको उनले सुनाए।

Advertisement

विगतमा चुनाव जितेकाले विश्वास जित्न नसकेपछि उनीजस्तै यस भेगका थुप्रै मतदाता निराश र आक्रोशित देखिन्छन्। उम्मेदवार र तिनका कार्यकर्तालाई चुनाव लागे पनि सर्वसाधारणलाई यसले छोएको छैन। पुराना नेताप्रति आक्रोशित देखिए पनि सरितादेवी भोट भने हाल्न जाने सुनाउँछिन्। ‘खेतमा सिँचाइ र समयमा मल दिनेलाई भोट दिने रहर छ,’ उनले भनिन्, ‘तर अहिलेसम्म त्यस्तो उम्मेदवार ठम्याउन सकेकी छैन।’

याे खबर आजकाे नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *