Categories समाचार

मतका लागि नक्सा फेरिए पनि दुःख फेरिएन

Advertisement

बैतडी । चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ। मतका लागि नक्सा फेरिए पनि भूगोलको दुःख अहिलेसम्म फेरिन सकेको छैन।

२०४७ सालपछि बनेका गाविस र २०७४ सालमा भएको स्थानीय तहको पुनर्संरचनापछि हरेक निर्वाचनमा मत माग्न आउने नेताले मालपोत कर तिर्न बैतडीमै व्यवस्था मिलाइदिने प्रतिबद्धता गरे पनि चुनाव सकिएपछि नेताले वाचा बिर्सने गरेका छन्।

Advertisement

बैतडीको तल्लोस्वराड क्षेत्रको हालको मेलौली नगरपालिका–८, (साबिकको विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडा)का पाँच सयभन्दा बढी घरपरिवारले जग्गाको मालपोत डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को वडा कार्यालयमा बुझाउँदै आएको स्थानीय मौरे विष्टले बताउनुभयो।

Advertisement

“भूगोलको नक्सा बैतडीकै भए पनि जग्गाको कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा बुझाउँदै आइरहेका छौँ,” स्थानीय बासिन्दा पदमसिंह ठगुन्नाले भन्नुभयो, “जग्गाको अंशबन्डा गर्न बैतडीको मेलौली नगरपालिका–८ को सिफारिस चल्दैन। अंशबन्डा गर्न भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा मालपोत कार्यालय जानुपर्छ।”

२०३२ सालमा डडेल्धुरा जिल्लाबाट विशालपुर गाविसलगायत तल्लोस्वराड क्षेत्रका १३ गाविस बैतडीमा गाभिँदा विशालपुर गाविसका चारवटा वडाको मालपोतको स्रेस्ता डडेल्धुरामै छुटेका कारण दशकौँदेखि बैतडीबाट डडेल्धुरा गएर मालपोत कर बुझाउनु परेको ठगुन्नाले बताउनुभयो।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *