Categories समाचार

युवाहरूमा बढ्दैछ ‘बालेन मोह’

Advertisement

काठमाडौँ । गत साता एक मनोरञ्जनात्मक कार्यक्रममा बालेन्द्र (बालेन) शाहको निकै चर्चा भयो। बालेन शाहको कामको प्रशंसा गर्ने युवाहरू बालेनको तारिफ गरेर थाकेनन्। यत्ति मात्र होइन, बालेनको उत्साह, जोस अनि उनले राजनीतिक क्षेत्रमा देखाएको नयाँ ऊर्जाशील कार्यले यतिखेर कार्यालय, घर, विद्यालय, चिया खाने होटेल, सार्वजनिक स्थल, बस सबै ठाउँमा बालेन शाहको कामको निकै चर्चा हुने गरेको छ।

सबैबाट प्रशंसा बटुली रहेका बालेन्द्र शाह विशेष गरी नयाँ पुस्तामाँझ निकै लोकप्रिय बन्दै गइरहेका छन्। धमिलिइरहेको राजनीतिमा पछिलो समयमा उनको प्रवेशले नयाँ पुस्तामा एउटा सकारात्मक सन्देश फैलाएको छ। राजनीतिमा लाग्ने नयाँ पुस्ताका लागि पे्ररणा पनि बनेका छन उनी। गरे जे पनि हुन्छ भन्ने सन्देश फैलाइरहेका मेयर बालेनले देखाएको कामप्रति प्रशंसा गर्नेहरू कम छैनन्।

Advertisement

उनको काम गर्ने शैली, निर्णय लिन सक्ने क्षमता, धैरै सुन्ने अनि कम बोल्ने बानी सबैका लागि पे्ररणा बन्यो। धेरैले अनुमान गरे बालेनजस्ता नेता देशले पाउने हो भने परिवर्तन सम्भव छ। बिनाअनुभवी यस्ताले के काम गर्छन् र भनेर धारे हात लगाउने अग्रजहरूलाई बालेनले मिठो शैलीमा जवाफ दिँदै आएका छन्।

Advertisement

विशेष युवामाँझ निकै लोकप्रिय बन्दै गएका बालेन शाहको जस्तो छवि बनाउने होडमा यतिबेला निकै युवाहरू छन्। राजनीतिप्रति घृणा गर्ने युवाहरू पनि अब बालेन बन्ने दौडमा छन्। भित्रभित्रै धमिरा लाग्दै गएको राजनीतिक क्षेत्रमा अबको नयाँ पुस्ताले काँचुली फेर्ने छन् कि भन्ने आम जनताले आशा गर्दै छन्। मंसिर ४ गते हुन लागेको चुनावमा स्वतन्त्र युवा उम्मेदवारहरू जुन जोसमा लागेका छन्, देशमा सकारात्मक कायापलट हुन्छ भन्नेमा कुनै शंका नै छैन।

 याे खबर नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *