Categories समाचार

माइराम पोखरी अतिक्रमण गरेर बनेका संरचना भत्काउन सुरु

पर्सा । वीरगञ्ज महानगरपालिकाले माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।
महानगरपालिकाको टोलीले आजबाट पोखरीले चर्चेको जमिनमा बनाइएका अबैध संरचना हटाउन थालेको हो ।

नगर प्रहरी र नक्सा शाखाका प्रमुख सहित पुगेको टोलीले पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएको अबैध संरचना भत्काएर हटाउन सुरु गरेको हो ।

Advertisement

सुरुमा निर्माण गरिएका संरचनाको निस्सा पेश गर्न समय दिएको महानगरले आइतबार घरघरमै पुगेर संरचना हटाउन आग्रह गरेको थियो । तर महानगरको आदेशलाई अटेर गर्दै हटाउन नमानेपछि आजबाट भने ती संरचना भत्काएर खाली गर्न सुरु गरिएको हो ।

Advertisement

आज पहिलो दिन केही संरचना भत्काएर अन्यलाई चेतावनी दिइएको र उनीहरुले नहटाए डोजरै लगाएर हटाउन आफूहरु पछि नपर्ने महानगरका नक्सा शाखा प्रमुख रामसेवक महतो बताउँछन् ।

महानगरपालिकाका मेयर राजेशमान सिंहले झण्डै ४ विगाहा क्षेत्रफलमा फैलिएको जग्गा खुम्चिएर १५ कट्ठामा सिमित भएको भन्दै पोखरीको सबै जग्गा फिर्ता ल्याउन अतिक्रमण गरेर बनेका संरचना हटाउन सुरु गरिएको जानकारी दिए ।

महानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको थियो । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि पोखरी खुम्चिएर १५ कट्ठामा मात्रै समेटिन पुगेको छ ।

अहिले पोखरी रहेको स्थानमा यसअघिका मेयर विजय सरावगीले चिल्ड्रेन पार्क निर्माण गरेर अतिक्रमणलाई आधिकारीकता दिने काम गरेको स्थानीयको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *