Categories राजनीति समाचार

सुगाैलिमा स्वतन्त्र उम्मेद्वार सिंहलाई भव्य स्वागत, मतदाता भन्छन् : यसपालीकाे मतदान खेर जाँदैन

वीरगञ्ज । स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको पक्षमा मतदान आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त सुरु गरेको ‘हर घर, रुपेशमान’ अभियानको टोली मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २६ सुगौलीमा पुगेको छ ।

टोलीले सुगौलीको घरघरमा पुगेर स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आग्रह गरेको छ । सुगौलीका मतदाताले स्वतन्त्र उम्मेद्वार सिंहलाई घरघरमा स्वागत गर्दै फुल माला र अबिर लगाइदिएर विजयको आशिर्वाद दिएका छन् ।

Advertisement

यस अघि जितेर गएकाहरु कमिशन कुम्ल्याउनै तल्लिन रहँदा गाउँ पछि परेको भन्दै अब दलका उम्मेद्वार नभई स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा आफूहरु मतदान गर्न तयार भएर बसेको मतदाताहरु बताउने गरेका छन् ।

Advertisement

अब आफ्नो ठाउँको विकासका लागि पनि एक पटक हिम्मत गर्नु पर्ने भन्दै स्थानीय मतदाता सुरजी देवीले यस पटक रुपेशमानलाई जिताउन आफूहरु पनि लागि परेको बताइन् । स्वतन्त्र उम्मेद्वार सिंहले आफ्नो मुख्य एजेण्डा शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निशुल्क र गुणस्तरीय बनाउने विषयमा केन्द्रित रहेको भन्दै भौतिक विकासलाई पनि सँगै लिएर जाने बताए ।

घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *