Categories समाचार

होटल “ड्रिम लाउन्ज” सञ्चालनमा, मेयर सिंहद्वारा उद्घाटन

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा पर्यटकलाई लक्षित गरी शहरको बिचमा “ड्रिम लाउन्ज” होटल सञ्चालनमा आएको छ। हिमालयन बैंक नजिकै तीन जना युवाहरूको लगानीमा सो होटल सञ्चालनमा आएको हो ।

आज आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरको प्रमुख राजेशमान सिंहले रिबन काटी शुभारम्भ गरेका  हुन । मन्तव्य राख्दै प्रमुख सिंहले युवाहरू व्यवसायीक गतिविधिमा सक्रिय हुदै गएको देखेर खुसी लागेको भन्दै आफू संग हुने कार्यको लागि सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता जनाउदै व्यवसायीक यात्राको लागि शुभकामना दिनुभयो ।

Advertisement

सम्पूर्ण उत्कृष्ट सेवा सहित औपचारिकरूपमा होटल सञ्चालनमा आएको छ । होटलमा एकैपटक थुप्रै समुहलाई  बसाउन सकिने सञ्चालक विकास कुश्वाहाले बताए । “आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याएको अर्का लगानीकर्ता नितेस पटेलले जानकारी गराए ।

Advertisement

आकर्षण बातावरण तथा विभिन्न प्रकारका खाने कुराको परिकारहरु संगै उचित व्यवस्थापन सहित ग्राहकको इक्क्षा आकांक्षा अनुसारको सेवा दिन आफुहरु तैयार रहेको सञ्चालक कुश्वाहले थपे ।

उद्घाटन कार्यक्रममा महानगरका उप प्रमुख इम्तेयाज आलम, मेयर सिंहका स्वकीय सचिव सत्यराज धिमिरे, उप मेयरका स्वकीय सचिव शेष हजरा, अमित अग्रवाल , श्याम कुश्वाहा , किशोरी पटेल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *