Categories समाचार

पर्सा : प्रतिबन्धित लागुऔषधसहित श्रीमान श्रीमती पक्राउ

वीरगञ्ज।  जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको हो ।

भारतबाट नेपालतर्फ शंकास्पद रुपमा पैदल हिँडेर आउँदै गरेका २ जनालाई चेकजाँच गर्दा उनीहरुले  बोकेको जेब्रा झोलात्रि प्रतिबन्धित लागु औषध २ हजार ३ सय ९८ पिस नाइट्रोभेट फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

Advertisement

भारतको रक्सौलबाट खरिद गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ललितपुर महानगरपालिका निवासी ४४ वर्षीय रमेश चित्रकार र सोही ठाउँकी ३० वर्षीय मिना कुमारी घलेलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 

Advertisement

उनीहरु श्रीमान श्रीमती भएको खुलेको गिरीको भनाई छ । उनका अनुसार दुवै जनालाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *