Categories राजनीति समाचार

वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गराउन पहल गर्छु : प्रदीप यादव

Advertisement

वीरगञ्ज । जसपा-एमाले गठबन्धनबाट पर्साको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादवले लामो समयदेखि औद्योगिक राजधानी र वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउने बताएका छन् ।

शनिबार वीरगञ्ज-२१ स्थित ताजपुरमा घरदैलोका क्रममा मतदाताहरुलाई आफ्नो एजेण्डा सुनाउने क्रममा पूर्वमन्त्रीसमेत रहेका यादवले वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउनुका साथै वीरगञ्जलाई औद्योगिक राजधानी घोषणा गर्न आफूले पहल गर्ने बताएका छन् ।

Advertisement

स्थानीय मतदातासँगको भेटघाट पश्चात आयोजित अनौपचारिक कार्यक्रमका क्रममा यादवले नेपालको सबैभन्दा महत्वपूर्ण उद्योग भएको क्षेत्र औद्योगिक करिडोर घोषणा नहुनु दुर्भाग्यपूर्ण भएको बताउँदै यादवले भने, ‘सबैले वीरगञ्जलाई आर्थिक राजधानी बनाउने, वीरगञ्ज-पथलैया क्षेत्रलाई उद्योगीक करिडोर घोषणा गराउछु भनेर जान्छन तर काम कसैलेपनि गर्दैन । तर, यसपटक म सांसद्का रुपमा निर्वाचित भएर गए पाँच वर्षभित्रमा जसरी पनि यसको क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउँछु ।’

Advertisement

यस क्षेत्रलाई उद्योगीकहरुले वर्षौदेखि औद्योगिक करिडोरको माग गर्दै आएका छन् ।

त्यस्तै यादवले यस औद्योगिक क्षेत्रमा रहेका उद्योगी र व्यवसायीले भोगिरहेको सुरक्षा चुनौतिको विषयलाई पनि आफूले जोडदार तरिकाले उठाउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यहाँका उद्योगहरु सुरक्षित छैनन्, राज्यले प्रदान गर्ने सुरक्षा संयन्त्र अपुग छ । अब त्यस्तो हुँदैन । उद्योगीकहरुको सुरक्षाका लागि म पहल गर्छु । पर्यो भने सदन मात्र होइन सडकमा पनि आएर देखाउँछु ।’

घरदैलो कार्यक्रममा नेकपा-एमालेको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादव, जसपा तथा एमालेका कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *