Categories खेलकुद समाचार

डि.ए.भी.आर.बी. केडियाद्वारा अन्तर विद्यालय फुटबल प्रतियोगितामा तेस्रो दिन लोटस एकेडमी र न्यु एकता स्कुल विजयी

वीरगन्ज । डि.ए.भी. आर.बी. केडिया स्कुलद्वारा संचालित श्री शंकरलाल केडिया स्मृति फुटवल प्रतियोगिता अन्तर्गत हिजो तेस्रो दिन भएको पहिलो खेलमा लोटस एकेडमी सिमराले सिमरा पब्लिक स्कृल सिमरालाई २-१ को अन्तरले हराएको हो ।

अतिनै रोमाचक खेलमा लोटस एकंडमी सिमराका रोशन गलानले म्यान अफ द म्याचको उपाधि प्राप्त गरेका थिए ।

Advertisement

हिजै भएको दोश्रो खेल अन्तर्गत न्यु एकता स्कुल, सिमराले डि.पि.एस. बीरगंजलाई ८-२ को फराकिलो अन्तरले हराएको थियो । सो खेलमा न्यु ‘एकता स्कूल सिमराका कौशुभ श्रेष्ठले म्यान अफ द म्याचको उपाधि प्राप्त गरेका थिए ।

Advertisement

शुक्रबार सम्म चल्ने डि.ए.भी.आर.बी. केडिया विद्यालय द्वारा संचालन श्री शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिताको नगर प्रमुख राजेशमान सिंहद्वारा एक समारोहका विच आइतबार समुद्घाटन भएको थियो  ।

डिएभी स्कुलको प्राङ्गणमा केडिया परिवारका अग्रज सुनिल केडियाको अध्यक्षतामा सो कार्यक्रम संचालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *