Categories समाचार

अवैध रुपमा भित्रयाइएको ठूलो परिमाणमा मतपत्र सहित एक भारतीय पक्राउ

वीरगञ्ज । भारतबाट अवैध रुपमा भित्रयाइएको ठूलो परिमाणमा नमुना मतपत्र सहित एक भारतीय पक्राउ परेका छन् ।

भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान नमूना मतपत्र सहित भारत बिहारको नरकटिया ग्राम पन्चायत वडा नम्बर १४ घर भएका ४० वर्षिय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै मङ्गलबार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।

Advertisement

नेपालमा मंसिर ४ मा हुन् गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्रयाउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको गिरीले बताए ।

प्रनाउ गिरिले भने, ‘कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केहि खुल्न सकेको छैन, अनुसन्धान जारी छ ।

अवैध रुपमा भित्रयाइएको मतपत्र सहित पक्राउ परेका भारतीय नागरिक अहमदलाई कुन ऐन अन्तर्गत कारबाही प्रकृया अगाडि बढाउने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतसँग समन्वय भइरहेको पनि गिरिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *