Categories राजनीति समाचार

उम्मेदवार जालिमले साम्प्रदायिकता भड्काउन खोजेको भन्दै आयोगमा उजुरी

Advertisement

वीरगन्ज । पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार जालिम मियाँले जातीय र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

पर्सा ४ मा नेकपा एमाले –जसपा गठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा एमालेका उम्मेदवार मियाँले चुनावी सभाका क्रममा मधेसी पहाडी बिच साम्प्रदायिकता फैलाउने गरि अभिव्यक्ति दिएको भन्दै त्यहि क्षेत्रबाट प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले बुधबार उजुरी दिएका हुन् ।रिजालले मियाँ विरुद्ध कारबाहीको माग गर्दै निर्वाचन आयोग , जिल्ला निर्वाचन कार्यालय पर्सा र पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा इमेल मार्फत उजुरी पठाएका हुन् ।

Advertisement

रिजालले दिएको उजुरीमा भनिएको छ– पर्सा क्षेत्र नम्बर ४ मा पर्ने धोबिनी गाँउपालिका वडा नम्बर ५ जगरनाथपुर टोलमा मङगलबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै एमाले उम्मेदवार मियाँले निर्वाचनलाई प्रभावित पार्न पहाडी समुदायलाई गाली गलौज गर्दै निर्वाचन आचारसंहिता र कानुनको धज्जी उडाउनुका साथै मधेसी–पहाडी समुदाय विच द्धन्द भड्काउने काम गरेकाले मियाँ विरुद्ध आवश्यक कारबाहीको माग गर्दछु ।

Advertisement

निर्वाचन आचार संहिता २०७९ को दफा १३ को १ (ब) मा कुनै साम्प्रदायिक विद्वेष फैलाउनेगरी प्रचार प्रसार गर्न वा मत माग्न नुहुने व्यवस्था गरेको छ । एमालेका उमेदवार मियाँले सामाजिक सदभाव भड्काउने गरी दिएको अभिव्यक्ति सहितको भिडियो र लिखित निवेदन निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा इमेल मार्फत पठाएको काँग्रेस उमेदवार रिजालले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *