Categories खेलकुद समाचार

अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनलमा न्यु एकता स्कुल र लोटस एकेडमी

Advertisement

बीरगंज । डि.ए.भी. आर.वी. केडिया स्कुलद्वारा संचालित श्री शंकरलाल केडिया स्मृति फुटबल प्रतियोगिताको आज फाइनल खेल हुदै छ ।

डि.ए.भी. आर.वी. केडिया स्कुलद्वारा संचालित श्री शंकरलाल केडिया स्मृति फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा न्यु एकता स्कुल सिमराले मनकामना माबिलाई ८-० को अन्तरले हराएको छ ।

Advertisement

सो खेलमा न्यु एकता स्कूलका बब्लु पासवानले म्यान अफ द म्याचको उपाधि प्राप्त गरेका थिए । म्यान अफ द म्याच राताेपानाका अध्यक्ष श्याम सरार्फ र प्रबन्ध निर्देशक अमित अग्रवालले प्रदान गरेका थिए ।

Advertisement

बिहिबार नै भएको दोश्रो सेमिफाईनल खेल अन्तर्गत लोटस एकेडमी, सिमराले साउथ जोन मा.वि.लाई २-१ को अन्तरले हराएको छ । सो खेलमा लोटस एकंडमीका सरोज तामाङले म्यान अफ द म्याचको उपाधि प्राप्त गरेका थिए ।

शुक्रबार ( आज )हुने फाईनल खेल लोटस एकेडमी सिमरा र न्यु एकता स्कूल सिमरा विच हुने छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *