Categories समाचार

छिपहरमाई गाँउपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई आयाेगकाे स्पष्टीकरण

Advertisement

वीरगन्ज । निर्वाचन आयोगले पर्साकाे छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद साहलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेकाे भन्दै गुप्ता र साहलाई आयाेगले स्पष्टीकरण साेधेकाे हाे ।

Advertisement

छिपहरमाई गाउँपालिकाले गत भदौ २५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी आयोगलाई प्राप्त भएको भन्दै आयाेगले स्पष्टीकरण सोधेको हो ।

Advertisement

निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाईएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो ? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो ?

यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ । अन्यथा कानून बमोजिम कारवाही गर्ने आयोगले चेतावनी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *