Categories समाचार

१५ लाखको रक्सी खाने बताएका दीपकलाई २५ हजार रुपैयाँ जरिवाना

वीरगन्ज । निर्वाचन आयोगले राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । मनाङ प्रदेश सभा ‘ख बाट निर्विरोध निर्वाचित भएका गुरुङलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको अभियोगमा सो जरिवाना गरिएको निर्वाचन आयोगले जानकारी दियो ।  

मनाङेले केही साता पहिले सार्वजनिक रूपमा निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्ने खर्चको सीमाको आलोचना गरेका थिए । उनले आयोगले उम्मेदवारलाई ३० लाखको खर्चको सीमा तोकेकोप्रति आपत्ति जनाउँदै उम्मेदवारी दर्ताकै दिन १५ लाखको रक्सी खाने बताएका थिए ।

Advertisement

उनले भनेका थिए,‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार, मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ ।’ उनको सो अभिव्यक्तिपछि आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरण चित्त नबुझेपछि आयोगले जरिवाना गरेको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *