
बीरगंज । डि.ए. भी. आर.बी.केडिया स्कलद्वारा स्व.श्री शंकरलाल केडियाको ८७ औं जन्मोत्सवको उपलक्ष्यमा आयोजना गरिएको श्री शंकरलाल केडिया अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि लोटस एकेडेमी ,सिमराले हात पारेको छ ।
शुक्रबार भएको फाइनल खेलमा लोटस एकंडमी, सिमराले न्यु एकता, ‘सिमरालाई ५-१ ले पराजित गरेको हो। उक्त खेलको म्यान अफ द म्यादको उपाधि लोटस एकंडमीका सरोज
तामाइले प्राप्त गरेका थिए ।

डि.ए.भी. स्कुलको फुटवल मैदानमा भएको उत्त समारोहमा भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दूत नितेश कुमार प्रमुख अतिथि थिए । कार्यक्रमको अध्यक्षता विद्यालयका प्रदिप केडियाले गर्नु भएको थियो ।
सो कार्यक्रममा स्कुल व्यवस्थापनका सुनिल केडिया, डा.विजय अग्रवाल, कादम्बरीका निर्देशक दिपक तुलस्यान, डिपिएसका प्रधानाध्यापक रंजिब आनन्द, परवानीपुर गाउंपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कर्मी, परवानीपुर वडा नं. ४ का वडा अध्यक्ष गम्भिरा पटेल, पूर्व वडा अध्यक्ष गजेन्द्र पटेल, प्याब्सन
पर्साका अध्यक्ष प्रन प्रधान, मिडिया पार्टनर बाईपास दैनिकका धिरज दारुका, रातोपानाका अमित अग्रवाल
र श्याम सर्राफ, उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, पर्सा फुटबल एशोसिएशनका रोशन गुप्ता, मेडिकल पार्टनर नेपाल मेडिसिटी अस्पतालका जितेश दास र कार्यक्रमका सहयोगीहरुको उपस्थिति रहेको थियो ।

उत्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक राकेश
मिश्राले गर्न भएको थियो । कार्यक्रम संचालन विद्यालयकी शिक्षिका मेघा दिचले गर्नु भएको थियो ।
