वीरगञ्ज । प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको पूर्व सन्ध्यामा नगदसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा क्षेत्र नम्बर १ वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीबाट स्वतन्त्र उम्मेदवार किशोरी प्रसाद यादवलाई १ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रचारप्रसार गर्न नपाउने भनेर स्थिर समय शुरु भइसकेपनि यही समयमा मतदाता रिझाउन रकम बाँड्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
यादवको साथबाट १ लाख नगद फेला परेको पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।







