Categories हाइलाइट-समाचार

झापा : चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान रोकियो ।

Advertisement

वीरगन्ज । झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको छ।

रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिएपछि मतदान रोकिएको हो।

Advertisement

१० जनाले मतदान गरिसकेपछि मतपत्र साटिएको थाहा भएको र मतदान रोकिएको बताइएको छ।

Advertisement

प्रतिनिधि सभाको मतपत्रको ठाउँमा प्रदेश सभाको मतपत्र राखिएपछि समस्या आएर मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए।

राजनीतिक दलले कर्मचारी परिवर्तन गर्नुपर्ने माग गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *