Categories समाचार

हराएको मतपत्रको गणनामा पनि गुप्ता नै आगाडी देखिएपछि प्रमाणपत्र पाए

Advertisement

बीरगन्ज । पर्साको निर्वाचन नं. ३ का नेता राजकुमार गुप्ताले चुनाव जितेको ३ दिन पछि राजकुमार गुप्ता प्रमाण पत्र पाएको छन ।

मत पत्रको बिषयलाई लिएर बिवाद भएपछि गुप्ताले निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित प्रतिनिधिको रुपमा प्रमाण पत्र पाएको थिएनन् ।

Advertisement

हराएको दावी गरिएको मतपत्रप समानुपातिक पेटिका भेटिएको तथा सो मतगणनामा पनि गुप्ता नै आगाडी देखिएपछि प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भएको आधिकारीक घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

Advertisement

प्रत्यक्ष तर्फको २७२ मतपत्र नभेटिदा पर्सा ३ को नजिता उल्टिेने हो कि भन्ने आकलन गरिएको थियो । तर समानुपाति तर्फको मतपेटिकाबाट प्रत्यक्ष तर्फको १५५ मतपत्र भेटिएकोमा ती मध्ये ५९ मत एमालेका गुप्ताले , काँग्रेसका चौधरीले ४३ मत र नेपाल सुशासन पार्टीका राज कुमार यादवले २२ मत पाएका छन् । बाँकी ३१ मत अन्य उम्मेदवारले पाएका छन् ।

पर्सा ३ मा निर्वाचित एमालेका गुप्ताले कूल २४ हजार ३१९ मतका साथ विजयी भएका छन् । , उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका चौधरीले २४ हजार १५२ मत र सुशासन पार्टीका यादवले १० हजार ५०३ मत पाएका छन् ।

निर्वाचन अधिकृत योगनाथ ढकालसँग प्रमाण पत्र बुझदै राजकुमार गुप्ताले आफुमाथी षड्यन्त्र गर्न खोजिएको भएपनि बिफल भएको प्रतिक्रिया दिएका छन् । उनले यो जनाता र सत्यको भएको बताएका छन् । पर्सा क्षेत्र नं. ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले यो समान्य प्रक्रिया भएको तथा कहिले काही भुलवस मतदाताले प्रत्यक्षको मतपत्र समानुपातीक बक्सामा खसाउँने गरेको बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *