Categories समाचार

नव निर्वाचित रिजाललाई समर्थकद्वारा चाँदीकाे मुकुट लगाएर सम्मान

Advertisement

वीरगन्ज । पर्सामा चुनाव जितेका नेताहरुलाई समर्थकले खुशीयालीमा चाँदीकाे मुकुट पहिर्याएर बधाई र सम्मान गर्ने प्रचलन यसपालि पनि देखिएकाे छ ।

पर्सा क्षेत्र नम्बर ४ काे प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित रमेश रिजाललाई आइतबार एक समर्थकले चाँदीकाे मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन् ।

Advertisement

निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न आइतबार साँझ धाेबिनि गाँउपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रिजाललाई धाेबिनी गाँउपालिकाकी उपाध्यक्ष मन्जु देवीले चाँदीकाे मुकुट पहिर्याएर बधाई दिनुका साथै सम्मान गरेकाे काँग्रेसका क्षेत्रीय सचिव बिलष्टर अहमदले बताए । गाँउपालिका उपाध्यक्ष मन्जु देवी काँग्रेस नेतृ पनि हुन् ।

Advertisement

यसअघि पर्सामै गत स्थानीय तहकाे निर्वाचनमा वीरगन्ज महानगरपालिकाकाे मेयरमा निर्वाचित राजेशमान सिंहलाई पनि सांसद  प्रदीप यादवले बधाई दिने क्रममा चाँदीकाे मुकुट लगाई दिएका थिए ।

त्यसअघि २०७४ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई पनि विजय जुलुशका क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा उनका समर्थकले चाँदीकाे मुकुट लगाइ दिएर बधाई दिदै सम्मान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *