Categories समाचार

थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचाल, स्थिति तनावग्रस्त

वीरगन्ज । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको छ। 

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो।

Advertisement

त्यस्तै समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। 

Advertisement

उनका अनुसार बस्ती खाली गर्न समय दिइएको थियो। 

समितिले सहयोग मागेका कारण सहयोगी भूमिका निर्वाह गरेका हौं,’ उनले भने, आज बस्ती खाली गर्ने योजना छ।’  

काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिने सूचना जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *