Categories समाचार

प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ

बागलुङ : जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का ३१ वर्षीय आकाशचन्द्र परियारलाई पक्राउ गरेको हो। 

Advertisement

परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा बहादुर थापाले बताए।

Advertisement

परियारको साथबाट निजामती कर्मचारीको पोशाक सहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरु सहित आकाश चन्द्र परियार लेखिएको प्रशासकीय अधिकृतकार रबर छाप बरामद गरिएको डिएसपि थापाले जानकारी दिए। 

प्रहरीले परियारलाई पक्राउ गरेपछि उनी बसेको होटलको कोठामा समेत खानतलासी गरेको थियो। परियारको कोठाबाट विभिन्न सरकारी कार्यालयका छाप, दस्तखत भएका पत्रहरू विभिन्न कार्यालयका छापहरु (स्ट्याम्प), ल्यापटप, पेनड्राईभ र ६३ हजार रुपैयाँ फेला पारेको डीएसपी थापाले बताए।

प्रहरीले सोमबार परियारलाई जिल्ला अदालत बागलुङमा उपस्थित गराएर अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेको छ। साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *