Categories समाचार समाज

निर्माणाधीन भवन सम्पन्न गर्न आश्रमले वीरगञ्जमा “नेपथ्य” लाईभ कन्सर्ट गराउदै

Advertisement

वीरगञ्ज । फरक शैलीको साङ्गीतका कारण प्रख्यात नेपाली ब्याण्ड ‘नेपथ्य’ले वीरगञ्जमा लाईभ कन्सर्ट गर्ने भएको छ ।

आउँदो मंसिर १९ गते नेपथ्यले वीरगञ्जमा लाईभ कन्सर्ट गर्न लागेको हो । कन्सर्ट वीरगञ्जको आदर्शननगर धर्मशालामा हुने आयोजक मानवसेवा आश्रमले जनाएको छ ।

Advertisement

विगत १० वर्षदेखि सहयोगापेक्षी सडक आश्रित नागरिकको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा कन्सर्ट आयोजना गरेको बुझिएको छ । कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको छ ।

Advertisement

स्थापित नेपथ्य व्याण्ड विगत तीन दशकदेखि सङ्गीतको माध्यमबाट सकारात्मक रूपान्तरणका लागि सक्रिय छ । यसले ‘शान्तिका लागि शिक्षा’, ‘सुन्दर शान्त नेपाल’, जस्ता नारा बोकेर गीत सङ्गीतमार्फत सामाजिक रुपान्तरणमा सहयोग गर्दै आएको छ । ब्याण्डले नेपालका विभिन्न सहरका साथै विश्वका अन्य मुलुकमासमेत सफलतापूर्वक कार्यक्रम सम्पन्न गरिसकेको छ ।

आफ्नो निर्माणाधीन भवन सम्पन्न गर्नुका साथै बेसहाराका लागि आपतकालीन कोष स्थापना गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गरिएको आश्रमका मधेश प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिए । 

आश्रमले वीरगञ्जसहित विराटनगर, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाडौँको भृकुटीमण्डपमा अपनी कन्सर्ट आयोजना गरिरहेको छ । 

हाल मानवसेवा आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ । शाखा रहेका सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एवम् भवन निर्माणको चरणमा छ ।

विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी, घोषणाका लागि पहल भइरहेको छ । हाल आश्रमको संरक्षणमा एक हजार पाँच सय बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त व्यक्ति छन् । 

कन्सर्टहरु विराटनगरमा मंसिर १६ गते, २२ गते हेटौँडाको भूटनदेवी स्कुल मैदान, २५ गते चितवनको क्याम्पाचौर, २९ गते नेपालगञ्ज रङ्गशाला, आगामी पुस ३ गते धनगढी रङ्गशाला, पुस ६ गते सुर्खेतको खुल्लामञ्च, पुस ९ गते बुटवलको कालिका मानवज्ञान मावि, १२ गते पोखरा रङ्गशालामा तथा कन्सर्टको अन्तिम कार्यक्रम पुस १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुने जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *