Categories समाचार

बहुमत नआए पनि एमाले अध्यक्ष ओेलीको नेतृत्वमा सरकार बनाउने प्रयास गरिने

Advertisement

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा एमालेले पनि आफ्नो तर्फबाट पहल थालेको छ। प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि आफ्नो सिट आकलन गर्दै सरकार गठनको कसरत थालेको हो ।

एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३५ देखि ३६ सिट प्राप्त भए आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास थाल्ने सो पार्टीका नेताहरूले जनाएका छन्।

Advertisement

एमालेले नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाहेकका पार्टीलाई मिलाएर सरकार बनाउने सम्भावना रहेको बताइएको छ। आफूहरूको नेतृत्व स्वीकार गरेर माओवादी केन्द्र आउन चाहे ढोका खुला राखेर छलफल थाल्ने पनि एमाले नेताहरूले बताएका छन्। उनीहरूले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबारे भने केही बताएका छैनन्।

Advertisement

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओेलीको नेतृत्वमा सरकार बनाउन अधिकतम पहल गर्ने बताइसकेका छन्। उनले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै पनि दलको बहुमत नआएकाले बहुमत पुर्‍याएर अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन लागिपर्ने स्पष्ट संकेत गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा रूपन्देही २ बाट निर्वाचित पौडेलले सोमबार बिहान प्रेस चौतारी नेपालद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनका अजेन्डा कार्यान्वयन र राष्ट्रहितका लागि सबै हिसाबले एमालेको बहुमत आउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।

तर बहुमत नआए पनि एमाले अध्यक्ष ओेलीको नेतृत्वमा सरकार बनाउने प्रयास भने गर्ने उनको भनाइ थियो। माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूलाई समेटेर सरकार बनाउने संकेत गरेका थिए ।

याे खबर नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *