Categories समाचार

एमालेको निष्कर्ष : अरुले होइन रवि लामिछानेका कारण गुम्यो २५ सिट

Advertisement

काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भएका ८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार हाबी भएको र पार्टीका उम्मेदवार उपविजेता भएको औंल्याउँदै प्रत्यक्षमा करिब ८ सिट र समानुपातिकमा १७ सिट गुमाउनुपरेको निष्कर्ष निकालिएको हो ।

Advertisement

एमाले काठमाडौं २ र ५ तथा चितवन १ र २ मा
चुनाव जित्नेमा ढुक्क थियो ।

Advertisement

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जिते । काठमाडौंका अन्य क्षेत्रमा पनि एमाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग दोस्रो भएको थियो ।

चितवन १ र २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पहिलो हुँदा एमाले उम्मेदवार दोस्रो स्थानमा आए । सत्तारुढ दलबीच गठबन्धन नभएको भए प्रत्यक्षतर्फ एक सय सिट कटाउने समीक्षा एमालेको छ ।

हारजित भएका स्थानमा पनि झिनो मत रहेको समीक्षा गर्दै एमालेले आफूमाथि स्वतन्त्र र स्वतन्त्र पार्टीका नाममा प्रहार भएको निष्कर्ष निकालेको छ ।

‘हामीले निर्वाचनको सामान्य समीक्षा गरेका छौं, स्वतन्त्र पार्टी वा उम्मेदवार नभएको भए थप २५ देखि ३० सिट एमालेको पक्षमा आउने देखियो, गठबन्धन नभएको भए प्रत्यक्षमै एक सय सिट पुग्ने अवस्था देखियोु’ एमालेका एक पदाधिकारीले भने ।

एमालेभित्र अझै अराजकता कायमै रहेको महसुस पनि भएको ती पदाधिकारीले बताए। एमालेले अहिले प्रत्यक्षतर्फ ४४ सिट प्राप्त गरेको छ । समानुपातिकमा अन्य दलभन्दा एमाले अगाडि छ ।

प्राप्त मतमा धेरैजसो स्थानमा एमाले दोस्रो भएको छ । एमालेले आफ्ना उम्मेदवार दोस्रो भएका स्थानमा पार्टीको मत स्वतन्त्र उम्मेदवारहरूमा गएको निष्कर्ष पनि निकालेको छ ।

यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *