Rato Pana
समाचार

पर्सा : नम्बर नखुलेको ट्याक्टरको ठक्‍करबाट एक जनाको मृत्यु

बीरगन्ज । पर्सामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पर्साको प्रसौनी गाउँपालिका–५ सखुवा टाली चोकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने अन्दाजी ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार राति ८ः४०मा महुवनबाट रामनगरीतर्फ चटपटे बिक्री गरी ठेलामा जाँदै गर्दा नम्बर नखुलेको ट्याक्टरको ठक्‍करबाट उनको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।

सम्वन्धित समाचार

Leave a Comment