Categories समाचार

हृदयघातबाट पत्रकार सर्राफको मृत्यु

Advertisement

वीरगन्ज । वीरगन्जका पत्रकार नरेश सर्राफको अल्प आयुमै निधन भएको छ । ३८ वर्षिय सर्राफको बिहीबार बिहान हृदयघातबाट मृत्यु भएको हो ।

बिहीबार बिहान मर्निङ वाक सकेर वीरगन्ज १६ नगवा स्थित आफै घरमा सामान्य व्ययाम गर्ने क्रममा सर्राफ अचेत भएर लडेका थिए । परिवारका सदस्यले तुरुन्तै नारायणी अस्पतालमा लगेपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Advertisement

झण्डै डेढ दशक देखि वीरगन्जमा रहेर पत्रकारिता गर्दै आएका सर्राफ , नेपाल पत्रकार महासंघ पर्सा शाखाका जिल्ला कार्य समिति सदस्य पनि थिए । सगरमाथा टेलिभिजनका पर्सा संवाददाता रहेका सर्राफ , राष्ट्र सन्देश मिडिया प्रालिका अध्यक्ष पनि थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *