Categories समाचार

वीरगन्ज महानगरभित्रका अव्यवस्थित तारहरु ७ दिनभित्र व्यवस्थापन गर्न निर्देशन

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र रहेको अव्यवस्थित तारहरु व्यवस्थापन गर्न सुचना जारी गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णद्वारा हस्ताक्षरित सुचनामा नगर क्षेत्रभित्र मुख्य सडक तथा शाखा सडकहरुमा विभिन्न स्थानहरूमा रहेको विधुतीय पोलहरुमाथि विभिन्न कम्पनीका नेट सेवा प्रदायकहरुले तथा अन्य संस्थाहरुले समेत महानगरको सौर्न्दर्यतालाइ करुप बनाएकोले ७ दिन भित्र त्यस्ता तारहरुको व्यवस्थापन गर्न उल्लेख गरिएको छ ।

Advertisement

अव्यवस्थित तारले गर्दा विगतमा पनि धेरै दुर्घटना हुदै आएको र आगामी दिनहरूमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने हुदा सोको व्यवस्थापन गर्न  सुचना जारी गरिएको महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

Advertisement

हिजो ( बिहीबार ) जारी गरिएको दिनदेखि ७ दिनभित्र व्यवस्थापन नगरी सुचनालाइ अटेर गरि बेवास्ता गरेमा आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *