वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताले २ जना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ ।
वीरगञ्जका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी भारतको रक्सौलमा लिएर बेच्दै आएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
वीरगञ्जको विर्ता र घण्टाघरबाट चोरी भएको मोटरसाइकल र मोटरसाइकल चोरी गर्न प्रयोग गर्न मास्टर कि सँगै उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।
प्रहरी निरीक्षक मल्लका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ भगवती टोल निवासी २३ वर्षीय विजय कुमार गिरी र वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा निवासी २० वर्षीय कुन्दन साह तेली रहेका छन् ।
उनीहरुको साथबाट ना ३९ प ५४०८ र ना ४६ प ५२८७ नम्बरका चोरी भएका मोटरसाइकल समेत बरामद गरिएको प्रहरी निरीक्षक मल्लले बताए । ति दुवै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







