वीरगन्ज । नव जनकल्याण युवा संजाल छपकैया, वीरगंज–३ ले गत शनिबारदेखि सुरु गरेको मैत्री नक आउट क्रिकेट प्रतियोगिताको आज अन्तिम दिन डीभाइन विस्दम एकेडेमी र त्रि-जुद्ध +२ बीच कडा प्रतिस्पर्धा भएको थियो ।
आजको मैचमा “मैन अफ द मैच” डीभाइन विस्दमको खेलाडी सैदुलाह अंसारी भएका थिए भने बेस्ट बौलरको अवार्ड ७ स्टारका खेलाडी मिन्टु सिंहले हाथ पारे ।
त्यसैगरी बेस्ट बैट्स मैनको किताब पन्तरको खिलाडी राहुल भए र मैन अफ द सेरिजको अवार्ड डीभाइन विस्दमकै खेलाडी पवन लिन सफल भए |
क्रिकेट प्रतियोगितामा राधेमाई क्रिकेट क्लब, मुर्ली डिभाइन विज्डम, वीरगंज लाइफ इन्स्योरेन्स कम्पनी, छपकैया–३ टीम, सेभेन स्टार टीम प्रगतिनगर, अशोकवाटिका –११, घर आँगन बचत तथा सहकारी संस्था, घडीअर्वा–१० टीम, ग्यालेक्सी सेकेन्ड्री स्कूल, त्रिजुद्ध +२ टीम छपकैया, प्रगतिनगरको राजीव–११, एक्सपर्ट कन्सलटेन्सी सहभागी रहेका थिए ।
कार्यक्रमको अध्यक्षता संजालको अध्यक्ष मो सगीर अलिले गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. ३ का अध्यक्ष बैजुलाल स्वर्णकार, विशिष्ट अतिथिमा ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेश चौरसिया, अतिथिमा शिखर लाइफ इन्स्योरेन्सका प्रबन्धक नितेश कुमार दास, बिधार्थी नेता अमित यादव, निर्मल जलका संस्थापक बब्लु सिंह राजपुत, दिलखुस देवान, अमित सिंह राजपूत, विक्की राज पटेल लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा विजेता टीम डीभाइन विस्दम एकेडेमीलाई ५० हजार र उपविजेता टीम त्रि-जुद्ध +२ लाई २५ हजार नगदसहित प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरेर सम्मान गरिएको संजालका अध्यक्ष अलिले बताए ।







