Categories समाचार

अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको कार्यालय प्रमुख

Advertisement

काठमाडौं । अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ ।
अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Advertisement

अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी बहन गरिरहेका छन्।

Advertisement

सरकारले तीन वर्ष अगाडि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी गरे पनि कर्मचारी र राजनीतिक नेतृत्वबीच सहमति हुन नसक्दा कार्यान्वयन हुन सकेको थिएन ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *