Categories समाचार

लामिछाने नेतृत्वको रास्वपामा विवाद सुरु, मकवानपुर जिल्ला सभापतिलाई हटाउन माग

Advertisement

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विवाद सुरु भएको छ ।

यही मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई पदबाट हटाउन माग गरेका छन् ।

Advertisement

न्यौपानेलाई कारवाहीको माग गर्दै त्यहाँका २४० जना सदस्यहरुले केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन् । उनीमाथि रास्वपाका समानुपातिक उम्मेदवारसँग मिलेर सौदाबाजी गरेको आरोप छ ।

Advertisement

उनले रास्वपाका समानुपातिक उम्मेदवारलाई अर्को पार्टीका उम्मेदवारसँग भेटाएर मिलेमतो गरेको आरोप लागेको हो ।आफूमाथि कारवाहीको कुरा उठेपछि सभापति न्यौपानेले यसलाई पार्टीभित्र गुटबन्दीको परिणाम भनेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *