Categories समाचार

पर्सा : सांगीतिक कार्यक्रमको पुर्व सन्ध्यामा नेपथ्य परिवारसँग चियापान कार्यक्रम

Advertisement

वीरगन्ज । मानव सेवा आश्रमको भवन निर्माणका लागि शुरु गरिएको सांगितिक यात्रा मंसिर १९ गते सोमबार (भोलि) वीरगन्जमा हुँदैछ ।

विराटनगरबाट शुरु गरिएको मानवता प्रवद्र्धनका लागि सांगितिक यात्रा भोलि वीरगन्जमा हुँदैछ । मानवताका लागि सांगीतिक कार्यक्रमको पुर्व सन्ध्यामा कार्यक्रमको तैयारी बारे जानकारी गराउन र नेपथ्य परिवारसँग चियापान तथा परिचात्यमक कार्यक्रम मानव सेवा आश्रम श्रिसियामा आयोजना गरिएको हो  ।

Advertisement

वीरगन्जको आदर्शनगर रंगशालामा मंसिर १९ गते सोमबार अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म सांगितिक प्रस्तुती रहने मानव सेवा आश्रमले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । सांगितिक प्रस्तुतीका लागि नेपथ्य व्याण्ड वीरगन्जमा आईपुगेको र सम्पूर्ण तैयारी पुरा भइसकेको सांगितिक कार्यक्रमका संयोजक गणेश लाठले बताउनुभयो ।

Advertisement

विशुद्ध मानवीय सेवाको लागि आयोजना गरिएको कार्यक्रम भएको हुँदा सबैले त्यहि अनुसार बुझेर कार्यक्रमलाई सफल पार्नेमा आफू विश्वस्त रहेको पनि लाठले बताउनुभयो । सहयोग स्वरुप एकहजार दरको टिकटको व्यावस्था गरिएको जानकारी दिदै अहिले सोचे अनुसारको टिकट विक्री नभएपनि कार्यक्रम आयोजना हुने दिनमा टिकट विक्री बढ्नेमा आशावादी रहेको मानव सेवा आश्रमका संरक्षक प्राध्यापक डाक्टर दीपक शाक्यले बताउनुभयो ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको  अध्यक्षतामा भएको नेपथ्य परिवारसँग चियापान तथा परिचात्यमक कार्यक्रममा नेपथ्य बैण्डका प्रमुख अमृत गुरुङको विशेष उपस्थिति रहेको थियो । 

सो कार्यक्रममा वीरगन्जका उप प्रमुख इम्तेयाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी, उधोग वाणिज्य संघ पर्साका अध्यक्ष सुबोध गुप्ता, शिवजी गुप्ता, मिनाक्षी गुप्ता, प्रकाश थारु लगायतको पनि उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *